दफा ८
कूटनीतिक सुविधा वा महसुल सुविधाको लागि निवेदन दिनु पर्ने
(१) ऐनको दफा १३ को उपदफा. (१) बमोजिम कूटनीतिक सुविधा वा महसुल सुव्रिधा पाउने निकाय, पदाधिकारी वा व्यक्तिले त्यस्तो सुविधा लिनको लागि सुविधा लिन खोजेको वस्तुको विवरण, मूल्य र परिमाण समेत उल्लेख गरी नेपाल सरकार, परराष्ट्र मन्त्रालयमा निवेदन दिनु पर्नेछ।
(२) उपनियम (१) बमोजिम प्राप्त निवेदन उपर जाँचबुझ गर्दा कूटनीतिक सुविधा -वा महसुल सुविधा दिनु पर्ने देखिएमा नेपाल सरकार, परराष्ट्र मन्त्रालयले अनुसूची-१ बमोजिमको ढाँचामा (दुई प्रति सिफारिस फाराम भरी विभागमा पठाउनु पर्नेछ।
(३) उपनियम (२) बमोजिम सिफारिस फाराम प्राप्त भएपछि बिभागले एक प्रति सिफारिस फाराम सम्बन्धित भन्सार कार्यालय वा करमुक्त पसलमा कार्यान्वयनका लागि पठाउनु-पर्नेछ।
(४) उपनियम (३) बमोजिम सिफारिस फाराम प्राप्त भएपछि सम्बन्धित भन्सार कार्यालय वा करमुक्त पसलले सो सिफारिस बमोजिम सम्बन्धित निकाय, पदाधिकारी वा व्यक्तिलाई कूटनीतिक सुविधा वा महसुल सुविधा दिनु पर्नेछ।
(५) उपनियम (४) बमोजिम कूटनीतिक सुविधा वा महसुल सुविधा दिएको विवरण सम्बन्धित भन्सार कार्यालय वा करमुक्त पसलले अविलम्ब विभागमा पठाउनु पर्नेछ र सो विवरणको एक प्रति अभिलेखको लागि आफ्नो कार्यालयमा राख्नु पर्नेछ।
(६) उपनियम (२) बमोजिमको सिफारिसको आधारमा करमुक्त पसल सञ्चालन गर्न स्वीकृति प्राप्त व्यक्तिले पैठारी गर्ने वस्तुमध्ये मदिरा र चुरोट विभागबाट क्टनीतिक तथा महसुल सुविधा दिन तोकेको व्यक्ति वा निकायलाई बिक्री गर्न पाउनेछ।
(७) यस नियमको प्रयोजनको लागि नेपाल सरकार, परराष्ट्र मन्त्रालयले कृटनीतिक सुविधा वा महसुल सुविधाको सिफारिस गर्ने फाराममा दस्तखत गर्ने आधिकारिक व्यक्तिको दस्तखतको नमूना अग्रिम रूपमा विभागलाई उपलव्ध गराउनु पर्नेछ।